

बिरगंज । पर्साको बहुदरमाई नगरपालिका वाड नं २ पिपाराको बहुदरमाई मंन्दिरको प्राङगणमा पूर्ण खोप नगर घोषणा समारोह कार्यक्रम आज समपन्न भएको छ।बहुदरमाई नगरपालिकाको वडा नं १ देखि ९ सम्मका वडाहरुमा पूर्ण खोप घोषणा समारोहमा नगरपालिका भित्रका स्वयमंसेबिकाहरुले बच्चा जन्मेको दिन देखि २३ महिना सम्मको छोराछोरीलाई १३ वटा प्राण घातक रोगसंग लडन र बच्नको लागि खोप कार्यक्रमलाई सफल बनाई स्यमंसेबिकाहरुले खेलेको अहम भुमिकालाई सम्मान गरि पूर्ण वडा खोप घोषणा सफल भएको हो। पूर्ण नगर खोप घोषणा समारोह कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथी बहुदरमाईका नगर प्रमुख नितेन्द्र साहले बहुदरमाई नगर भित्रका १ देखि ९ सम्मको वडाहरुमा खोप कार्यक्रमलाई स्यमंसेबिकाले गरेको अथम प्रयासलाई सम्मान गरि यस कार्यक्रमलाई निरन्तरता दिदै आउदो दिनमा अझ प्रभावकारी बनाउन प्रतिबद्धता गर्नु भयो ।पूर्ण नगर खोप घोषणा कार्यक्रममा बहुदरमाईका नगरप्रमुख नितेंद्र साह ,उप-प्रमुख गायत्री देबी यादव , निमित प्रमुख प्रशासकीय अधिकृत बदुर उप्रेती , राजनितिक सलाहकार राजदेव यादव,बहुदरमाई नगरपालिकाका लेखापाल हरि पटेल,महिला तथा बालबालिका अधिकृत पार्वती पौडेल, स्वास्थ्य प्रमुख बिरेन्द्र साह, जन स्वास्थ्य खोप पर्साका प्रमुख पशुपति यादव , प्रदिप गिरी, वडाध्यक्ष प्रमोद यादव, केदार तिवारी, लालबाबू साह,हरेराम साह लगायत जनप्रतिनिधी,स्वास्थ्य कर्मी तथा स्यमसेबिकाहरुको उलेख्निय सहभागिता रहेको थियो। बहुदरमाई नगर भित्र पूर्ण नगर खोप कार्यक्रमलाई सफल गर्ने सम्पूर्ण स्वास्थ्य कर्मी तथा स्यमंसेबिकाहरुलाई नगरप्रमुख नितेन्द्र साहले दोसला ओढाई सम्मान सहित मायाको चिनो प्रदान गर्नु भएको थियो।