बिरगंज । पर्साको जिराभवानी गाउपालिकाको वडा न १ मा पर्ने हुलाकी सडक खण्डको चमरि टोलमा आज बेलुका मोटरसाइकल दुर्घटना हुदा एक जना गम्भीर तथा दुई जना समान्य घाइते भएका छन। घाइते हुनेमा पोखरिया नगरपालिका वडा न ३ बस्ने २५ वर्षिय साइराम चौहान गम्भिर घाइते भएका छन।साथै सोही स्थान बस्ने मन्तोस पटेल र धिरज पटेल समान्य घाइते रहेका छन्। तीन जना एउटै लु ४ प १८३६ नम्बरको मोटरसाइकलमा ठोरीबाट पिकनिक खाएर घर फर्कीने क्रममा पुलको कल्भटमा ठोकी घाइते भएका छन। घाइतेहरुलाई उपचारको लागि बिरगंजको नारायणि आस्पतालमा पठाइएको प्रहरी चोकी महादेवपटिका प्रहरी सहायक निरीक्षक जितन प्रसाद यादवले जानकारी दिनुभयो।