बिरगंज। पकाहामैनपुर युवा सञ्जालको कार्यकारिणी समितिको आज दोश्रो पटक बैठक पकाहामैनपुर गाउँपालिकाको वडा नं ४ खेश्रहामा सम्पन्न भएको छ ।आजको बैठकले साउनको २७ गते बुधबारको दिन सहिद शत्रुधन पटेलको शालिक लगायत वरपरको स्थानहरूको सरसफाइ कार्यक्रम गर्ने निर्णय गरको छ । बैठकले पकाहा मैनपुर युवा सञ्जालको सल्लाहकार समितिका सदस्यहरुले प्रत्येक सदस्यले १० जना सदस्यलाई जोड्ने जिम्मा लगाएको छ।त्यस्तै आजको बैठकमा गाउँपालिका अन्तर्गत भएको भ्रष्टाचार विरुद्ध भन्डाफोर अभियानमा जोड दिने निर्णय पनि गरेको छ। बिदाको दिन गाउँपालिकाको सरकारी गाडी बिना पास चलाएमा रोक लगाउन पनि निर्णय गरेको छ।उक्त कार्यक्रममा अकलेश साह , राजेश सहनी , फरिन्द्र चौहान , प्रमोद पटेल , नवल पटेल , सुदर्शन साह , दिनेश साह , सीकेन्द्र सहनी लगायतको उपस्थिति रहेको थियो।