बिरगंज । पर्सागढी नगरपालिका वडा नं १ बस्वरिया गाउँ नजिकबाट आज बिहान वन गस्ती टाेलिले १ थान सालको चौपाता सहित साइकल बरामद गरेको छ ।राष्ट्रिय वनबाट चोरी तस्करी गरि ल्याउदै गरेको अवस्थामा सब डिबिजन वन कार्यालय बडनिहारका जम्दार अर्जुन चौधरीको कमान्डमा खटेकाे बन गस्ती टाेलिले बरामद गरेको हो । बरामद गरिएको काठ र साइकल बडनिहार बन कार्यालयमा राखियको छ । काठ तस्करहरु बन गस्ती टोलीलाई हेरि काठ र साइकल छाडि फरार भएको जम्दार चौधरीले बताए।