बिरगंज । बाराको सिमरास्थित जगदंम्बा स्टिल ईन्डष्ट्रिजको मनोमानीका कारण आक्रान्त बनेको सिमराबासीले उद्योगको बिरुद्धमा स्वतस्फुर्त रुपमा हस्तक्षर अभियान सञ्चालन गरेका छन् । जगदंम्बा बिरुद्धको हस्ताक्षर महाअभियानमा सिमराबासिको ऐक्यबद्धता भन्ने नाराका साथ सिमरा मुख्य चोकमा सञ्चालन गरीएको हस्ताक्षर अभियानमा ८ सय भन्दा बढि हस्ताक्षर संकलन भएका छन् । जगदंम्बा कम्पनिले स्थानिय युवालाई रोजगार नदिएको भन्दै आक्रोशित सिमराबासिले वाताबरणीय प्रदूषण समेत बढ्दै गएको भन्दै सञ्चालन गरेको अभियानमा नेपाली काग्रेसका नेता शोभाकर पराजुलि, नेतृ नारायणि रायमाझि निरु, लगायत अन्य राजनैतिक दलका अगुवाहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।



अभियानका अगुवा सन्तोष कार्कीले भने स्थानिय सरकार र जनप्रतिनिधिको लापरबाहिका कारण सिमरा बासिले दुख झेल्नु परेको आरोप लगाउनुभएको छ । ठेकदारी प्रथा खारेजी एवं स्थानियलाई रोजगारीको माग गर्दै बर्षौ देखी आन्दोलन जारी छ । तैपनि हरेक पटक आन्दोलनका अगुवलाई उद्योगले बिभिन्न प्रलोभनमा पारी आन्दोलन साम्य पार्ने गरेको छ । उद्योगलाई सामाजिक दायित्व पुरा गर्न दबाब दिने आफुहरुको उद्धेश्य रहेकाले यस हस्ताक्षर अभियानमा बिश्वस्त हुन कार्कीले आग्रह गर्नुभएको छ ।