बिरगंज । शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्सा एनसिई नेपालले आज सामाजिक संस्था जिल्ला समन्वय समिति NGOCC पर्साकाे सभाहलमा स्थानीय सरकार दुारा बालबालिकाहरुको सिकाइ निरन्तरताको लागि गरिएको अभ्यास बिषय कार्यशाला गोष्ठी समपन्न भएको छ।सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षता तथा पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुनको प्रमुख आतिथ्यमा समपन्न सो कार्यशाला गोष्ठीमा कोरोनाका कारण बालबालिकाहरुको पढने अधिकार अहिले धेरै बन्चित भएकोले यसमा अभिभावक ,शिक्षक,जनप्रतिनिधि र सरोकारवालाहरु पनि जिम्मेवारी बन्नुपर्ने धारणा राखेका थिए।स्थानीय सरकार आएपछि शिक्षामा केही परिवर्तन भएको तर अझै परिवर्तन गर्न बाकी रहेको समेत बताए।कोरोना भाइरसका कारण बालबालिकाहरुलाई अब कसरी अध्यापनमा जोड दिनुपर्ने हो त्यस बिषयमा सबै एक जुट भएर लाग्नुपर्ने सुझाव समेत राखिएको थियो। नेपाल सरकारले निर्देशन जारी गरेको निति अनुसार बालबालिकाहरुलाई निगरानीमा राखेर भौतिक दुरि वा अफलाईन,अनलाइन वा शिक्षा घर दैलो गरेर भए पनि सिकाइ निरन्तरता हुनुपर्ने बताएका छन् ।कार्यशाला गोष्ठीमा पर्सागढीनगरपालिकाबाट प्रदिप कुमार चौरासीया,पटेर्वा सुगौली गाउँपालिका शम्भु साह,आस्था नेपालका संयोजक मुन्नीलाल बैठा,जिराभवानी गाउँपालिका जितेन्द्र मिश्रा,बिन्दबासनी गाउँपालिका कपिल लामिछाने ,जगरनाथपुर गाउँपालिका नरेश महतो कोइरी,बीरगंजमहानगरपालिकाबाट मनोजा चौधरी ,नारीशिल्पकला केन्द्र निर्मला भन्डारी,नारी उथान केन्द्र अलौ सीता पोख्रेल सामाजिक संस्था जिल्ला समन्वय समितिका महासचिव रामप्रवेश साह,NGOCcका निर्देशक रुपक पान्डे नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का कोषाध्यक्ष संजिव मिश्रा ,नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का पुर्व सदस्य जगत राई लगायतले आआफ्नो धारणा एवम् सुझाव राख्नुभएको थियो ।कार्यक्रमको सहजिकरण सामाजिक संस्था जिल्ला समन्वय समितिका श्रीला सरकारले गरेकी थिइन।


