बिरगंज।पर्सामा सुन र चाँदीको गरगहना सहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।भारतको सिमावर्ती शहर इनर्वाबाट जगरनाथपुर तर्फ आउँदै गरेको अवस्थामा प्रहरी १४.४०० ग्राम सुन जस्तो देखिने धातुबाट बनेको तयारी गहना र १ किलो ९७० ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेको गहना सहित पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं २ बस्ने १९ वर्षीय सोनु कुमार सोनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले बताएका हुन्।
पैदल हिँडिरहेको अवस्थामा शंकास्पद देखेपछि जगरनाथपुर - २ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा सोनारले बोकेको कालो रंगको झोलाभित्र उक्त परीमाणमा सुन र चाँदीको गहना बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका सोनारलाई चाँदीसहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।