बिरगंज ।पर्सा प्रहरीले ३४ किलोग्राम लागु औषध गाँजा बरामद गरेको छ । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ९ बस्ने असगर देवान भन्ने नैमोदिन देवानको घरबाट लागु औषध गाँजाको ओसारपोसार भइरहेको सूचना प्राप्त भई मिति २०७८/०४/२४ गते ०३:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक दीपक थापाको काण्डमा खटिगएको प्रहरी टोलीलाई देख्नासाथ देवान फरार भएको र निजको घरकोठा रीतपूर्वक खानतलासी गर्दा निज सुत्ने कोठाभित्र जस्ताको बाकसमुनि लुकाइछिपाई राखिएको लागु औषध गाँजा २० किलोग्राम र भन्साकोठामा राखिएको लागु औषध गाँजा १४ किलोग्राम गरी जम्मा ३४ किलोग्राम गाँजा फेला परेकोले उक्त गाँजा बरामद गरी ईलाका प्रहरी कार्यालय पोखरीयामा ल्याई लागु औषध सम्बन्धी मुदामा अनुसन्धान अगाडि बढाइएको र प्रहरी परिचालन गरी निज असगर देवान भन्ने नैमोदिन देवानको तादरुक्ताका साथ खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक थापाले बताएका हुन्।