बिरगंज। रौतहटमा बोलबम यात्री सवार पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको नुनथरबाट बागमती आउने क्रममा बिहान करिब ४ बजे ना ५ च ३१६६ नम्बरको भ्यान सडकबाट करिब २५ मिटर तल नहरमा खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटना परेर बाराको गढीमाई नगरपालिका वडा नम्बर १ कि ४५ वर्षीया मिनादेवी कोइरीको मृत्यु भएको छ । एकजना भने अझै नहरमा बगेर बेपत्ता भएको उनका साथीहरुले बताएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले जानकारी दिनुभयो ।
वेपता हुनेमा ६५ वर्षीया सुन्दरीदेवी मुखिया रहेकी छिन्। उनको नहरमा पानी बन्द गरेर प्रहरीले खोजी कार्य गरिरहेको माझीले जानकारी दिनुभयो ।पिकअप भ्यानमा सवार अन्य भने सामान्य घाइते भएका सो कार्यालयले जनाएको छ । बोलबम यात्रीहरू नुनथरमा अवस्थित बागमती नदीबाट जल लिएर विभिन्न शिवालयहरुमा चढाउने गरेका छन् ।