बिरगंज। रौतहटमा अबैध जालि रुपैयाँ सहित आज ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला धनुषा बट्टेश्वर गाउँपालिका वडा नं.४ वस्ने शियालाल वरई ठाकुरको छोरा अन्दाजी वर्ष ३८ को शत्रुधन वरई ठाकुर ,जिल्ला महोत्तरी बर्दीबास नगरपालिका वडा नं.९ बन्द्रा पशुपतिनगर वस्ने श्रीराम विलोचन महतोको छोरा अन्दाजी वर्ष ३० को रन्जित महतो ,महोत्तरी कै भङ्गहा नगरपालिका वडा नं.४ प्रेमनगर वस्ने सुफल महतोको छोरा वर्ष २५ को दिपेन्द्र कुमार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रेस नोटिसमा उल्लेख छ।
प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी गस्ती टोलीले - ३ नै जनालाइ ईशनाथ नगरपालिका वडा नं.४ कालिमन्दिर नजिकैबाट पक्राउ गरेको प्रहरी उपरिक्षक सिद्धी बिक्रम साहले बताएका छन् ।इशनाथ नगरपालिका भारतको सिमाना छोएको नगरपालिका हो।
खुल्ला सिमा नाका भएकाले नेपाल- भारत पैदल तथा सवारी साधनबाट आवत जावत गर्ने मानिसहरुलाई रोकी चेकजाँच गर्ने गरिन्छ ।चेकजाँच कै क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा नेपाली रुपैयाँ १००० दरको जालि नोट नौ लाख त्रियान्नब्बे हजार अबैध रूपैयाँ सहित प्रहरीले नियन्त्रणमा लिएको उपरिक्षक साहले बताएका छन् । पक्राउ परेको ३ नै जना सङ्ग थप अनुसन्धान कार्य भईरहेको र कानुन अनुसार कारबाही हुने प्रहरी उपरीक्षक साहले बताएका छन् I