बिरगंज । प्रदेश नं. २ मुख्यमन्त्रीको कार्यालय ´बेटी पढाउ बेटि बचाउ` कार्यक्रम अन्तर्गत प्रदेश सरकारको सहयोगमा श्री जनता माध्यमिक बिद्यालय ककडी प्रसौनामा अध्यनरत ४३ जना छात्राहरुलाइ एक कार्यक्रमको बिच साइकल बितरण गरिएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथी बारा क्षेत्र न १ का प्रदेश सांसद त्रीलोकी चौधरी बिशिष्ट अतिथि कोल्हबी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष एवम् नगर प्रवक्ता पुरनदेव चौधरी, बिद्यालय व्यवस्थापन समितिका सदस्यहरु रामाबती चौधरी ,देवरानी देवि साह,नन्दकिशोर चौधरी,पलट चौधरी अतिथिहरु प्रसौना स्वास्थ उप-चौकि प्रमुख मोहन चौधरी, समाजसेवी रामभरोसी चौधरी , जनार्दन चौधरी ,असाम टोल चौकिका सुरक्षाकर्मी उक्त बिधालयका निमित्त प्रधानाध्यापक गुरु प्रसाद चौधरी , सहायक प्रधानाध्यापक दिनानाथ महतो थारु लगायत बिधालयमा कार्यरत सम्पूर्ण शिक्षक र शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थिती अतिथिहरुलाइ स्वागत मन्तव्य रामाकान्त चौधरीले गर्नु भएको थियो भने समाजसेवी योगेन्द्र चौधरी ,पुरनदेव चौधरीले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएका चौधरीले छोरीहरुलाइ पढाई प्रती आकर्षित गराउने उदेश्यले प्रदेश सरकारले यो कार्यक्रम लागु गरेको र आउदो दिनमा अझै राम्रा राम्रा कार्यक्रमहरु प्रदेश सरकारले लागू गर्ने बताउनु भयो । कार्यक्रम सन्चालन शिक्षक राधा चौधरीले गर्नु भएको निमित प्रधानाध्यापक गुरु प्रसाद चौधरीले जानकारी दिनुभयो।