वीरगन्ज । पोखरिया नगरपालिकाको युवा समाजद्वारा ९ बूदे माँग राखेर आन्दोलनमा उत्रिएको पोखरियाको युवा समाज र नगर प्रमुख वीच सहमती भएको छ । यो सहमतीसंगै युवाहरुले आन्दोलन स्थगीत गरेका छन । पोखरिया नगरपालिकाको सभाकक्षमा बिहिवार नगर प्रमुख दीपारायण रौनीयारसंग भएको छलफलमा पोखरियाको अस्पतालमा रहेको समस्या समाधान गर्ने बिषयमा नगरप्रमुखले प्रतिवद्धता जनाएका छन ।
नगरप्रमुख रौनीयारले पोखरिया बजारको ब्यवस्थापन,फर्जि टेण्डरको फायल उपल्बध गराउने प्रतिवद्धता जनाएपछि आन्दोलनकारी युवा र नगरपालिका वीच सहमती भएको पोखरिया युवा समाजले जनाएको छ । समाजले आन्दोलनमा सहयोग गर्ने सबै पक्ष प्रति अभार प्रकट गरेको छ ।