बिरगंज । पर्सा प्रहरीले चारवटा चोरीको मोटरसाइकलसहित दुई जनालाई वीरगंजबाट पक्राउ गरेको छ ।सूचना परिचालन तथा प्रहरी कार्वाहीको शिलशिलामा मिति २०७८/०४/२८ गते अन्दाजी १६:०० बजे बिरगंज महानगरपालिकाको वडा नम्बर ३० लालपर्सा प्रसोतिपुरबाट चार वटा मोटरसाइकलसहित बिरगंज प्रसोतीपुर बस्ने बस्ने २० वर्षीय आकाश यादव र ए ए बस्ने २१ वर्षीय कृष्णा पटेललाई प्रहरीले पक्राउ गरेको छ । बिरगंज प्रसोतिपुरका आकाश यादव समेत निम्न मानिसहरूले चोरीको मोटरसाइकल बिक्री गर्ने मनसायले आफनै घर अगाडि खाली जग्गामा लुकाईछिपाई राखेको मोटरसाइकल चेचिस नं MD2A36FY6KCC84888, ई.नं. JLYCKC29608 बा.४२ प ५२६३ नम्बरको कालो NS 200 CC को पल्सर , चेसिस नं. MD2DHDHZZ5CL17620 ई.नं. DHGB5L04998 ना.१६ प ३३६७ नम्बरको 150 CC को हरियो पल्सर, चेसिस नं. MBLHA10EWBGF4659 ई.नं. HR10EDBGF03357 ना. १४ प ८४ नम्बरको Passion pro र ईन्जिन नम्बर, चेसिस नम्बर नखुलेको ग.१ प ७६९४ नम्बरको RX YAMAHA मो.सा. बरामद गरी निजलाई पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


