बिरगंज । पकाहामैनपुर युवा सञ्जाल आज तेश्रो बैठक सम्पन्न भएको छ । युवा सञ्जालको कार्यकारिणी समितिको बैठक पकाहामैनपुर गाउँपालिकाको वडा नं २ सुर्जहामा सम्पन्न भएको हो ।

आजको बैठकले गाउँपालिकाले गरेको भ्रस्टाचार विरुद्ध कडा रुपमा प्रस्तुत हुने युवा सञ्जालका प्रवक्ताहरुले बताएका छन । भ्रस्टाचार मुक्त अभियान´ सञ्चालन भएको अभियानलाई निरन्तरता दिई गाउँपालिका बासीहरु समक्ष पुगाउने युवा सञ्जालले जनाएको छ। गाउँपालिकाले गरेको भ्रस्टाचार विरुद्ध कडा रुपमा प्रस्तुत भई गाउँपालिकालाई नै भ्रष्टाचार विरुद्ध भन्डाफोर गर्ने र जन जन सम्म पुर्याउने युवा सञ्जालले जनाएको छ।

त्यस्तै आजको सम्पन्न बैठकमा कडा र ठोस संक्षिप्तमा निर्णय गरिएको सञ्जालका अकलेश साहले बताए।सम्पन्न बैठकले गाउँपालिका अन्तर्गत भएको विकास निर्माणको अनुगमन गर्ने भएको छ।उक्त कार्यक्रममा स्थानीय युवा राकेश कुशवाहा ,राजेश सहनी , फरिन्द्र चौहान , नवल पटेल , ध्रुव राउत, सिकेन्द्र सहनी , दिपनारायण ठाकुर , हरिचन पटेल , अम्बिका पटेल , धीरज बर्णवाल , अनिल शाह , कमलेश यादव , लगायत अन्य थुप्रै जनाको सहभागिता रहेको थियो।