बिरगंज। नेकपा एमाले पर्साले आज जिल्ला भरिका जन प्रतिनिधीहरुलाई बोलाएर आउँदो निर्बाचनमा जनताको बीचबाट निर्बाचित बन्ने वातावरण बनाउन आग्रह गरेको छ।

एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष प्रभु हजराले आपसी कमी कमजोरी छन भने त्यसलाई कमिटीभित्रै बाट समाधानको उपाए खोजिने र एक ढिक्का भएर आउँदो निर्बाचनमा पार्टीलाई बिजयी बनाउन कुनै कसर बाँकी नराख्ने गरि अघि बढ्न आग्रह गर्नृुभयो ।

कार्यक्रममा संबिधान सभाका सदस्य जुनेद अन्सारी, प्रदेश सदस्यहरु तेज प्रकाश निषाद, बिना शर्मा, जिल्ला समन्वय समितीका उप प्रमुख ठाकुर न्यौपाने, छिपरमाई, जिराभवानी र पटेर्वा सुगौली गाउँ पालिकाको प्रमुख मनोज गुप्ता, रामपृत महतो र हरिनाराण चौधरी, नेपाल पत्रकार महासंघका प्रदेश महासचिब श्याम बन्जारा, एमालेका नेताहरु गोकर्ण पाठक, फर्मान मियाँ, प्रद्युम्न सेढाईं, अवध किशोर कुशवाहा, राजकिशोर गुप्ता, पवन तिवारी, उद्धब उपे्रति लगायतका जन प्रतिनिधीहरुले पार्टीको हितमा काम गरेर आउँदा दिनमा पनि एमालेलाई जिताउनको लागि कुनै कसर बाँकी नराख्ने धारणा राख्नुभएको थियो । उहाँहरुले निर्बाचनमा टिकट दिँदा स्थानीय पार्टी कमिटीले गरेको निर्णयलाई आधार बनाउन माग गरेका थिए भने सहभागिहरुले सूर्य चिन्हबाट निर्बाचित भएर आएकोले त्यसमाथि कुनै प्रकारका् घात नगर्ने दृढता समेत ब्यक्त गरेक थिए । कार्यक्रमको संचालन पार्टीका जिल्ला सचिब मनोज गुप्ताले गर्नुभएको थियो ।