वीरगन्ज । नेपाल बार एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्साका पत्रकारलाई एक कार्यक्रमका बीच आज सम्मान गरेको छ ।नेपाल बार एसोसिएसन पर्साको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखामा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले नेपाल पत्रकार महासंघ पर्सा शाखामा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको बारलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले अगामी दिन बार र पत्रकार बीचको सम्बन्ध सुमधुर बनाएर अगाडि बढने बताए । नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष ओमप्रकाश गुप्ताको अध्यक्ष्तामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता सालिग्राम प्रसाद ,अधिवक्ता रामेश्वर सेढाई , बिरेन्द्र यादव , रामनारायण कुर्मी लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।