बिरगंज । पर्साको बिरगंज महानगरपालिकाको वडा न.२ छपकैयामा आज नेकपा एमालेको बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले वडा कमिटी अध्यक्ष मतलुब आलम ठकुराइको सभापतित्वमा तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज अच्युत मैनालीको प्रमुख आतिथ्यतामा , नेकपा एमालेका केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज निर्मला देवकोटा , जिल्ला अध्यक्ष प्रभु हजरा , राष्ट्रिय परिषद सदस्य तथा संबिधान सभा सदस्य राजकुमार गुप्ता , बसरुदिन अन्सारी , सुकुम्बासी आयोगकी अध्यक्ष बिणा शर्मा , पर्सा जिल्ला सचीव मनोज गुप्ता , प्रदेश सदस्य तेज प्रसाद निशाद , महानगर अध्यक्ष बिशम्भर शर्मा , राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष महमद निजाम , अफजल हुसेन , अलिअस्गर ठकुराइ लगायतको उपस्थिति भएको सम्पन्न कार्यक्रममा २२५ जनाले काङ्ग्रेस र जसपा पार्टी पार्टी परित्याग गरी शेख नवरोजको नेतृत्वमा नेकपा एमालेमा पार्टीमा प्रवेश गरेका छन ।

नेकपा एमाले पार्टी पर्साका जिल्ला सचिव एवं पार्टी प्रवेश कार्यक्रमको संयोजन मनोज गुप्ताको विशेष पहलमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो। विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका सम्पूर्णलाई अबिर लगाई स्वागत गरिएको थियो । पार्टी प्रवेश गरेका सम्पूर्णलाई जिल्ला सचिव गुप्ताले राजनीतिकको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो।

