बिरगंज । १५ बुँदे मांग राखेर आन्दोलनमा उत्रिएका पकाहामैनपुर युवा सञ्जाल र पकाहामैनपुर गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाबीच आज सहमति भएको छ। यो सहमतिसँगै युवाहरुले आन्दोलन जारी राखि केही दिनका लागि गाउँपालिका अध्यक्ष चौरसियालाई ज्ञापन पत्र बारे समय दिएका छन्। गाउँपालिका अध्यक्ष चौरसियासंग भएको छलफलमा १५ बुंदे ज्ञापन पत्र मांग राखी बुझाएको ज्ञापन पत्रको शीर्षक मात्र पाएको र बाँकी रहेको सम्पूर्ण विवरण ७ दिन भित्र उपलब्ध गराउने गाउँपालिका अध्यक्ष चौरासिया प्रतिबद्ध भएमा युवा सञ्जालका युवाहरुले केही दिनका लागि समय दिएका छन्। यदि ७ दिन भित्र १५ बुंदे ज्ञापन पत्रको मांग सम्बोधन नभए फेरि चर्को नाराबाजी सहित आन्दोलनमा उत्रिने युवा सञ्जालले जनाएको छ । युवा सञ्जालले आन्दोलनमा सहयोग गर्ने सबै पक्ष प्रति हार्दिक अभार सहित धन्यबाद प्रकट गरेको छ।
