वीरगंज । बैकल्पिक शिक्षण शिकाईमा सिमान्तकृत बालबालिहरुको पहुच बिषयक छलफल कार्यक्रम आज सम्पन्न छ । वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौंको द्वारदेवी माध्यमिक बिद्यालय बिद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । प्रधानाध्यापक राजु दासको अध्यक्षता एवं एनजीओसिसि पर्साका महासचिव एवं एनसिइ को सचिव श्री रामप्रवेश साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिद्यालयबाट बाहिर रहेको किसोरीलाई बिद्यालयमा ल्याउने र टिकाउने बारे चर्चा गरिएको थियो । कार्यक्रममा बिद्यालयका शिक्षक,शिक्षिका,यौङ्ग च्याम्पियन निसा राई, आनन्द यादव, नारी उत्थान केन्द्र अलौंका सचिव सिता पोखरेलले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा शिक्षक,शिक्षिक र बालबालिका गरि २८ जनाको सहभागिता रहेको महासचिव साहले जानकारी दिनुभयो ।