वीरगंज । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्षको हिजोराती निधन भएको छ । ईन्सेफ्लाईटिस रोगबाट ग्रसित वडाध्यक्ष ५२ बर्षिय दामोदर साह कलवारको उपचारको क्रममा हिजोराती १२ः३० बजे निधन भएको हो ।स्वास्थ्यमा समस्या भएपछि वडाअध्यक्ष कलवारलाई गत साउन १९ गते पर्साको वीरगञ्ज स्थित रहेको नारायणी अस्पतालमा भर्ना गरिएको थियो। नारायणी अस्पतालबाट थप उपचारका लागि साउन २० गते काठमाण्डौको मेडिसिटी अस्पतालमा लगिएको थियो ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी सदस्य समेत रहनुभएका कलवारको निधनले पार्टिलाई ठूलो क्षती पुगेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ (अनिल) ले श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ।