वीरगंज । समाजिक संस्था जिल्ला समन्व समिती पर्साको २७ औं बार्षिक उत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सल्लाहकार वृजकिसोर पटेलले रक्तदान गरी शुभारम्भ गरेको कार्यक्रममा चार महिला सहित २४ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा जया साह, अनिता गिरी,गोबिन्द देवकोटा, अभिनास कुमार दास, मुमताज देवान, सलोनी पटेल, लगायत रहेको एनजिओसिसिका महासचिव रामप्रवेश साहले जानकारी दिनुभयो । एनजिओसिसिका अध्यक्ष ईब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामाकान्त प्रसाद कुर्मी, कोषाध्यक्ष बिरेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाको सभाहलमा सम्पन्न भएको थियो ।