वीरगंज । कोरोना भाइरसबाट प्रभाबित भएर आर्थिक रुपमा समस्या ग्रस्त बन्दै जानु भएको नेपाल टेलिभिजन बीरगंजका सम्बाददाता नेहाल खानलाई आज प्रेस काउन्सिल नेपालले आर्थिक सहयोग उपलब्ध गराएको छ । काउन्सिलको सदस्य लालबाबु शेखको बिषेश अगुवाईमा उहाँलाई सहयोग उपलब्ध गराइएको हो । खानलाई २५ हजार रुपैंयँको चेक आज उहाँकै निबासमा हस्तान्तरण गरिएको हो । खानलाई उक्त रकमको चृेक काउन्सिलका सदस्य शेखले हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश २ का महासचिब श्याम बन्जारा, नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य बिजय कुमार कुशवाह लगायतको सहभागिता रहेको थियो ।