

वीरगंज । नेकपा एमाले पर्साले आज छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वामा वडा कमिटी गठन गरेको छ । पर्सा जिल्ला सचिव तथा छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज कुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले महमद मियाँको अध्यक्षतामा ७१ सदस्यिय वडा कमिटी गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा दिनेश साह , सचिवमा प्रदीप पटेल , सहसचिवमा अशप्ताली ठाकुर , कोषाध्क्षमा अर्जुन कुशवाहा लगायत रहेका छन। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका गुप्ताले तोकिएकै समयमा निर्वाचन हुने भएकोल निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो । गाउँपालिकाको बिकाशको लागि आफु लागि रहेको र गरिरहेको समेत बताउनुभयो । गुप्ताले पालिकामा भ्रष्टाचार बढेकोमा जनतालाई खबरदारी गर्न आग्रह गर्नुभयो । नेता गुप्ताले वर्तमान ओली सरकारलाई आफनै पार्टीका नेताको स्वार्थको कारण पार्टी बिभाजन भएको बताउनुभयो । उहाँले पद र स्वार्थका कारण पार्टी बिभाजन गर्नेहरुलाई जनताले आउने चुनावमा तह लगाउने समेत बताउनुभयो । नेकपा एमाले छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष पहलाद साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख मोदनी खातुन , गाउँपालिका कमिटी सचिव कवलसरिफ गदी , वडा अध्यक्ष मौजीलाल साह , वडा सदस्य जवाहिर साह , निलम देवी , नाजिर मियाँ , मुस्लिम अंसारी , सम्सुलाहक मियाँ , करिन्द्र कुशवाहा , युवा संघ छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष सुवास साह लगायतको उपस्थिति रहेको थियो।