वीरगंज, कार्तिक १७
प्रदेश नम्बर २ को प्रदेश सभा सदस्य अन्जु यादवले आज सडक निर्माणको शिलान्यास गर्नुभएको छ । जसपा नेतृ समेत रहनुभएकी यादवले वीरगंज २४ रामगढवा स्थित पदमरोड देखि उत्तर जाने नहर रोडको शिलान्यास गर्नुभएको हो । करिव २५ लाखको लागतमा १६ फिट चौडा र सात सय मिटर लामो सडक निर्माण हुन लागेको प्रदेश सभा सदस्य यादवले बताउनुभयो । शिलान्यास पश्चात सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनुभएकी यादवले बिकाशको मेरुदण्डनै यातायात भएकोले आफुले सडक निर्माणमा बिशेष जोड दिएको बताउनुभयो । यादवले सडक निर्माण पश्चात सो क्षेत्रलाई उद्योगि क्षेत्रको रुपमा समेत बिकाश गर्न सकिने धारणा राख्नुभयो । तिन महिना भित्र सडक निर्माण कार्य सम्पन्न हुने यादवले जानकारी दिनुभयो । स्थानिय युवा नेता सकल यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय युवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।