काठमाडाैं । निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्वहाली गर्नुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागबमोजिम तत्काल अल्पकालीन अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो ।
यद्यपि, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।