वीरगञ्ज । वीरगञ्जको बाल सुधार गृहबाट जेनजी आन्दोलनका क्रममा फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार २०८२ साल भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ति युवक फरार भएका थिए ।
उहाँका अनुसार वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले सोमबार ती व्याक्तिलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मालपोत चोकबाट पक्राउ गरेको हो ।
अप्राकृतिक मैथुन र कर्तब्य ज्यान मुद्धामा अदालतबाट १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय पाएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय ति युवक वीरगञ्जको बाल सुधार गृहमा सजाय भुक्तान गरी रहेका थिए ।
विशेष सूचनाको आधारमा वीरगञ्जको बाल सुधार गृहबाट जेनजी आन्दोलनका क्रममा फरार भएका व्यक्ति पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।