वीरगन्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरी गरिरहेको अवस्थामा एकजना युवकलाई पक्राउ पक्राउ गरेको छ। बिहीवार राति ७ बजे वीरगंज महानगरपालिका ८ पानीटङ्कीस्थित प्रभु अस्पतालको खाली ठाउँमा पार्किङ गरी राखिएको पर्साको धोबिनी गाउँपालिका वडा नं ४ बस्ने २३ वर्षिय गौरव पटेलको प्रदेश २-०३ ००८८७१३६ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल चोरी गरिरहेको अवस्थामा बसपार्क प्रहरीले बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं ६ बस्ने २२ वर्षको जीतबहादुर चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।चौधरीलगायत दुईजना व्यक्तिले मास्टर साँचोबाट मोटरसाइकलको लक खोल्दै गर्दा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत खटिएको बसपार्क प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको थियो भने बाँकी दुईजना फरार रहेका छन् । प्रहरीले चोरीमा प्रयोग भएको ग.९प ६६५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ भने फरार भएका दुईजनाको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।