वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका वडा नं. ५ जगरनाथपुरमा गएराती आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् भने दुईवटा भैंसी समेत जलेर घाइते भएका छन्।
स्थानीय जोेगेन्द्र महरा चमारले लामखुट्टे धपाउन बालेको घुरबाट सल्किएर उनको घर, नजिकै रहेको मंगल राम चमार, लक्ष्मण राम चमार, रामचन्द्र राम चमार, कपिल राम चमार र राजेश महरा चमार गरी ६ वटा घर जलेर नष्ट भएको पिडितले बताएका छन् ।
बिहिवार राति १ बजे भएको आगलागी करिब २ घण्टापछि स्थानीय, प्रहरी, वरुणयन्त्र लगायतको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले बताएका हुन् ।
आगलागीबाट घर, अन्न, लत्ता कपडा, अन्य जिन्सी गरी करिब २० लाख मूल्यबराबरको क्षति भएको बताइएको छ ।