वीरगन्ज । भारतीय सिमा सुरक्षा बल एसएसबीले लागूऔषध गाँजा सहित मानिसलाई पक्राउ गरेको छ । गुप्त सुचनाको आधारमा चेक जांच गर्ने क्रममा लागूऔषध गाँजा सहित २ जना नेपाली र एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ ठुलो मात्रामा ट्रक भित्र लुकाएर लागुऔषध गाँजा आउदै गरेको सुचनाको आधारमा भारतको रक्सौल स्तिथ लक्षमिपुरमा चेक जांच गर्ने क्रममा दुई जना नेपाली व्यक्ति सहित १ सय ४० किलोग्राम गाँजा भारतीय एसएसवीका ४७ औ बाटालियनले नियंत्रण लिएको छ ।
पक्राउ पर्नेमा बागमती प्रदेशका २३ वर्षिय विवेक तमांग र सोही प्रदेशका २१ वर्षीय हीरा बहादुर तमांगरहेको भारतीय सिमा सुरक्षा बलका प्रियव्रत शर्माले बताएका छन् ।