तमिलनाडुको थेनी जेलबाट १७ जना कैदी भागेका छन्। तीमध्ये चारजनालाई पक्राउ गरी पुन:जेलमा पठाइएको छ। बाँकी भागेका कैदीहरूलाई पत्ता लगाउन प्रहरीले खोजी गरिरहेको छ । उनीहरूको खोजिका लागि विशेष टोलीहरू गठन समेत गरिएको छ।
दक्षिणी क्षेत्रीय प्रहरी महानिरीक्षक विजयेन्द्र बिडारीले भागेका चार कैदीलाई प्रहरीले खोजी अभियानको क्रममा पक्राउ गरेको हो। विजयेन्द्र बिदारीले भने,'भागेका कैदीहरूलाई पक्रन तमिलनाडु प्रहरीको सत्र विशेष टोली गठन गरिएको छ। तमिलनाडु-केरला सीमामा निगरानी बढाइएको छ। हामी केरला प्रहरीका वरिष्ठ अधिकारीहरूसँग नजिकबाट काम गरिरहेका छौं।'
'केरला प्रहरीलाई जानकारी गराइएको छ र खोजी तथा सुरक्षा अभियानमा पनि संलग्न छन्। प्रहरीले कारागार परिसर वरपरका गाउँहरूमा ड्रोन उडाएर भागेका कैदीहरूको खोजी गरिरहेको छ,'उनले भने।
बिडारीले कैदीहरूले बिरामी भएको नाटक गरेर भाग्ने योजना बनाएको बताए। समाचार एजेन्सी एएनआईले प्रहरीलाई उद्धृत गर्दै भनेको छ कि सबै १७ कैदीहरूलाई एउटै कोठरीमा राखिएको थियो। तीमध्ये एकजनाले अस्वस्थ भएको गुनासो गरेका थिए।