वीरगंज । बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर -१ मा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा रक्षा बन्धनको अवसरमा भक्तजनको घुईचो लागेको छ । गढीमाई दर्शन गर्नको लागि भक्तजनहरुले बिहान देखि लाईनमा बसेको मन्दिर व्यवस्थापन समितिका सदस्यहरुले जानकारी दिएका छन् । आज रक्षा बन्धन भएकोले विशेष सुरक्षा व्यवस्था समेत गरिएको गढीमाई मन्दिर मुल व्यवस्थापन समितिका उपाध्यक्ष विश्वनाथ प्रसाद कुशवाहाले बताउनुभयो । गढीमाई दर्शन गर्न आएकाहरुलाई सहज बनाउन व्यवस्थापन समिति अगाडि देखि नै काम गरेको उपाध्यक्ष कुशवाहाले बताउनुभयो ।आज बिहान देखि करीब चार हजार भन्दा बढी भक्तजनको सहभागिता रहेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छन् ।