

वीरगन्ज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका अहिले जिल्लाकै विकाशपूर्ण र नमूना गाउँपालिकाको रुपमा चिनाउन सफल भएको छ । गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले निर्वाचित भएदेखि भौतिक पूर्वाधार विकासको साथसाथै स्वास्थ्य, शिक्षा एवं महिलाहरुलाई आत्मनिर्भर बनाउने योजनासहित अगाडि बढेको हकमा अहिले गाउँपालिका जिल्लाकै नमुना गाउँपालिकाको रुपमा स्थापित हुन पुगेको बताए । गाउँपालिकाको विकास गर्न विभिन्न चुनौति रहेपनि त्यसलाई सामना गर्दै गाउँपालिकाको विकास निर्माणमा नमुना गाउँपालिकाको रुपमा स्थापित गराएका हुन् । उनका अनुसार अहिले गाउँपालिकामा प्लस टु विद्यालयदेखि एम.बि.बि.एस. चिकित्सक सहितको अस्पताल संचालन गरिएको तथा पालिकाको सम्पूर्ण वडाहरुमा बर्थिङ्ग सेन्टरहरुको स्थापना गरिएको बताए । छोरीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि गाउँपालिका स्तरमै प्लस टु विद्यालय संचालन गरिएको बताए । गाउँपालिकामा रहेको छोरीहरुको बिहेका लागि कन्यादान राशि अन्तर्गत गाउँपालिकाबाट सहयोग गरिने बताए। छोरी बिमा योजना देशमै आफनो पालिकाले शुरुवात गरेको र मेरो योजनाको नक्कल प्रदेशले गरेको र त्यो पनि सफल गर्न नसकेका कारण फेरि छोरी वीमा कार्यक्रमलाई पनि पालिकाले आफ्नो एकल प्रयासमा निरन्तरता दिने योजना बनाएको बताए । त्यस्तै, गरिब, निमुखा परिवारलाई बास स्थानको व्यवस्था गर्ने, युवाहरुलाई रोजगारी दिने तथा पालिका स्तरमा नमुना बस्तीनै निर्माण गर्ने पालिकाको योजना रहेको बताए । विगत लामो समयदेखि डुबानको समस्या खेप्दै आएको पालिकाले यसवर्ष करिब ५ करोडको लगानीमा ९ किलोमिटरको तटबन्ध आफ्नै खर्चमा निर्माण गर्ने भएको छ ।हाल गाउँपालिकामा सडक ढलान, नाला निर्माणको कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको अवस्थामा बाँकी ठाउँमा यस आर्थिक वर्षमा विकास निर्माणको कार्यलाई पुरा गर्ने गाउँपालिकाको योजना रहेको छ । गाउँपालिकाको विकासका लागि कुनै कसर बाँकी नराख्ने र जनताको कामको लागि आफु २४ घण्टा खटिरहेको समेत अध्यक्ष गुप्ताले बताए । गुप्ताले शिक्षा र स्वास्थ्यलाई बिशेष प्राथमिकता राखेर काम गरेको बताउनुभयो । उहाँले शिक्षा बिकाशको लागि प्रत्येक बिद्यालयमा व्यवस्थापन समिती गठन गरिएको बताए । निजि श्रोतबाट २५ जना बढि शिक्षक नियुत्त गरिएको, नवगावा टोलमा प्राबिधिक शिक्षा संचालन भइरहेको बताए । गुप्ताले गाँउपालिकाको प्रत्येक वडामा सडक ढलान,नाला निर्माण सम्पन्न भईसकेको बताए । उहाँले पालिकामा ३ वटा एम्बुलेन्स संचालन भएको जानकारी दिनुभयो ।