

वीरगंज। वीरगंज वडा नम्बर २० आलौंमा रहेको द्वारदेवी माध्यमिक बिद्यालयमा आज बाल विवाह तथा दाईजो प्रथा रोकथाम सम्बन्धि चित्रकाला प्रतियोगिता सम्पन्न भएको छ । शिक्षाको लागि राष्ट्रिय अभियान नेपालको सहयोग र एनसीई नेपाल जिल्ला समन्वय समिती पर्साको आयोजनामा चित्रकाला प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रम बिद्यालयका प्रधानाध्यापक राजुकुमार मल्लीको सभापतित्व र एनसीई नेपाल डिसिसि पर्साका सचिव रामप्रवेश साह र रामनरेश प्रसाद यादवको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा समाजसेवी वृजकिसोर चौधरी, नारी उत्थान केन्द्र आलौंका सचिव सिता पाखरेल, पत्रकार जगत राई, एनसिई यौङ्ग च्याम्पियन निशा राई,आनन्द कुमार यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कक्षा ९ र १० मा अध्ययन गर्ने २० जनाले बालबिवाह,दाईजो प्रथा रोकथाम सम्बन्धि चित्र बनाएका थिए । सो चित्र प्रतियोगितामा रमेश कुमार सहनी प्रथम, प्राची गुप्ता दुतिय , आजम अंसारी तृतिय र सईम खातुन र रंजु कुमारी पटेल सन्तावना पुरस्कार जितेका थिए । प्रतियोगिताको मुल्यांकन बिद्यालयका शिक्षक शिक्षिकाले गरेका थिए भने बिजयी प्रतियोगिलाई पुरस्कार बितरण रामप्रवेश साहले गरेका थिए ।