वीरगंज । जनता समाजबादी पार्टी नेपालको भदौ १२ गते बिरगंजमा हुने अभिमुखिकरण कार्यक्रमको त्यारी समिति गठन गरिएको छ ।भदौ ६ गते काठमाडौमा केन्द्रिय कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार हरेक प्रदेशमा संगठन सुदृढीकरण र जनजागरण अभियान (सुजु अभियान) अन्तर्गत विशेष रूपमा बिरगंजमा केन्द्रिय नेतृत्वको उपस्थितमा हुन गईरहेको छ । जसपा नेपालको केन्द्रि देखि वडा सम्मका नेता कर्याकर्ता एवं जनप्रतिनिधिलाई संगठन सुदृढीकरण र जनजागरण अभियानबारे प्रशिक्षित गरि देशमा बैकल्पिक शक्ति निर्माणका लागि अभियानको थालनी गरिएको छ । जसपा नेपाल पर्साको जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षता एवं जिल्ला समन्वय समिति पर्साको सभापति नेक महमद अन्सारीको उपस्तिथिमा विभिन्न त्यारी उप-समिति गठन गरिएको छ । जसमा कुन्दन पटेलको संयोजकत्वमा हल एवं मंच ब्यवस्थापन उप-समिति, हरेन्द्र साहको संयोजकत्वमा अतिथी सत्कार उप-समिति, शेख रुस्तमको संयोजकत्वामा खाध्यान ब्यवस्थापन उप-समिति तथा सरोज यादवको संयोजकत्वामा स्वयंसेवक परिचालन उप-समिति गठन गरिएको जिल्ला सचीव तबरेज अहमदले जानकारी गराए ।