वीरगंज । पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका वडा समितिको काम प्रति स्थानियहरु असन्तुष्ट बनेका छन । वडाको बिकाशको लागि वीरगंज महानगरबाट करौंडौको बजेट निकाशा भएपनि वडाको बिकाश हुन नसकेको भन्दै स्थानिय आक्रोशित बनेका हुन । स्थानियले वडा समितीले फोहर व्यवस्थापन,सडक निर्माण ,सडक मर्मत, नाला सफाई , सडक सफाई तथा प्रशासनिक काममा ढिलासुस्ती गर्ने गरेको स्थानियहरुले आरोप लगाएका छन । वडाको समस्याबारे वडा अध्यक्ष प्रद्युम्न सेढाईलाई बारम्बार अवगत गराउदा पनि केहि सुधार नभएको बताएका छन । श्रीपुर नयाँ बस्तीको मुख्य चौक नजिक रहेको नाला माथि स्ल्याब नहुदा दिनहु दुर्घटना हुने गरेको स्थानियले बताएका छन। उनीहरुले बिशेष गरी पानी पर्दा धेरै दुर्घटना हुने गरेको बताएक छन । सो नालाबारे वडा अध्यक्षले ध्यान नदिएको स्थानियले आरोप लगाएका छन । उनीहरुले वडामा करौंडोको बजेट आएपनि नालामाथि स्ल्याब बनाउन नसकेको भन्दै वडा अध्यक्ष सेढाई प्रति आक्रोश पोखेका थिए । वडा अध्यक्ष र वडा समितीका कर्मचारीहरु सिफारिस बापत पनि पैसा लिने गरेको नाम नबताउने शर्तमा एक स्थानियले आरोप लगाए ।


यता वडा अध्यक्ष सेढाईले प्रशासनिक काममा नियम बिपरित पैसा लिने जो कोई माथि पनि कानुनी कारवाही हुने बताउनुभयो । उहाँले सेवाग्राही संग अनावश्क पैसा लिने कर्मचारीको नाम बताउन आग्रह गर्दै सिफारिसको नाममा अनावश्यक पैसा नदिन र लिन खोज्ने कर्मचारीबारे आफुलाई जानकारी गराउन आग्रह गर्नुभयो । त्यसैगरी उहाँले नाला माथि पक्की प्लेट राख्दा सफाईमा समस्या हुने भन्दै एक महिना भित्र फलामको प्लेट बनाएर राख्ने जानकारी दिनुभयो । बर्षायाममा बिहानै फोहर उठान अलि समस्या भएको स्वीकार गर्दै वडा अध्यक्ष सेढाईले अब रेगुलर सफाई हुने बताउनुभयो । उहाँले फोहर व्यवस्थापनको लागि घर घरमै डस्टबिन बितरण गरिएको र बाँकी रहेको घरमा दुई चार दिनमा बितरण गरिने बताउनुभयो ।