वीरगन्ज । वीरगंज स्तिथ रहेको स्टील कारखानामा आगलागी हुँदा १२ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिकाको वडा नं २२ जगरनाथपुरमा रहेको सर्वोत्तम स्टिलमा आज मध्याह्न आगलागी हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार फलाम पगाल्ने भट्टिको पाइप लिक भई आगलागी हुँदा विस्फोट भएको थियो । घाइतेेहरुको वीरगन्जको अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जना भारतीय हुन् । दुई जना घाइतेेको ठेेगाना खुुलेको छैन । एकजना घाइते बारा छाता पिपराका हुन् ।