वीरगंज । कलैया उपमहानगरपालिकाको सभा हलमा जिल्ला स्तरीय उधम बिकास सहज कर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अथिती नगरप्रमुख राजेश राय यादवले सो कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। जिल्लामा बेरोजगारीको समस्या दिन प्रती दिन बढ्दै गएको नगरप्रमुख यादवले बताउदै यस उधम बिकास सहजकर्ता मार्फत यूवायूवतीहरुलाई विभिन्न किसिमको सीप मुलक तालिम संचालन गरी रोजगार बनाउन उधम बिकास सहज कर्ताहरुलाई आग्रह गर्नु भयो।विभिन्न किसिमको सिपमुलक कार्यक्रम संचाल्नको लागि कलैया उप महानगरपालिकाले सधै सहयोग गर्ने कार्यक्रममा नगरप्रमुख यादवले बताए।
उधम बिकास सहज कर्ता भेला कार्यक्रममा नयाँ कार्य समितिको गठन गर्नुभएको थियो । कार्यक्रममा उपस्तिथि हुनु भएका सर्बसधारण , कर्मचारी , जनप्रतिनिधिको अगाडि अध्यक्ष पदमा दिपनरायण राय , उपाध्यक्षमा अस्मिता परियार , सचिव जितेन्द्र साह तेली , कोषाध्यक्षमा उषा बुढाथोकी , सह- सचिवमा आशिष चौधरी , सदस्यमा बिपासा कुमारी चौधरी र लाहसी चौधरीलाई सर्बसहमतिबाट चुनिएको थियो । जनप्रतिनिधि,कर्मचारीहरुले सबै पदाधिकारीहरुलाई शुभकामना दिदै समाजको लागि काम गर्न आग्रह गर्नु भयो ।