वीरगञ्ज । पर्सा प्रहरीद्वारा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्जमा मोटरसाइकलको लक खोली चोरेर भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १४ का २८ वर्षीय राधे पटेललाई प्रहरीले पक्राउ गरेको हो । पटेल महानगरपालिका १३ बस्ने सुशिम अधिकारीको घरमा पार्किङ गरि राखेको ना २२ प ५७५० नम्बरको मोइटरसाइकल चोरि गरेर भागेका थिए । मोटरसाइकल धनीको सहयोगमा प्रहरीको गस्ती टोलीले पटेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । निज पटेललाई नियंत्रणमा लिई चोरी सबन्धी कसुरमा अनुसन्धान पकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।