वीरगञ्ज । विरगंजको एक निजी अस्पतालका डाक्टरको लापरवाहिका कारण जुन सुकै बेला पनि बिरामी ज्यान जान सक्ने टिकटकको एउटा भिडियो सार्वजनिक भएको छ । शल्यक्रिया जस्तो संवेदनशिल कार्यमा भिडियो बनाउदा ध्यान भड्किएमा बिरामीको ज्यानसमेत जान सक्ने अवस्थाको उनले वेवास्ता गरेको समाजमा चर्चा हुन थाहाँलेको छ । कुनै पनि मानिसले आफ्नो शल्यक्रिया रहरले गराउदैं , बिरामी भए पछि मात्र शल्यक्रिया गराउँछन् । तर बिरामीलाई बेहोश बनाएर शल्यक्रिया गरीरहेको भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक गर्नु निन्दनीय कार्य हो । एक निजी अस्पतालमा कार्यरत चिकित्सक डा. राजेश साहले अमर्यादित तरिकाले शल्यक्रियाको क्रममा रक्तपात भएको भिडियो बनाएर टिकटकमा सार्वजनीक गरेपछि उनको चौतर्फी आलोचना हुन् थाकेको छ । स्त्री तथा प्रसुती रोग विशेषज्ञसमेत रहेका डा. साहले यसअघि पनि शल्यक्रिया गरेको महिलाको निवस्त्र भिडियो बनाएको हुन सक्ने आशंका पनि उत्पन्न भएको छ । यसको उदाहरणका लागि ५१ सेकेण्डको उक्त टिकटकमा सार्वजनिक भएको भिडियो नै काफी छ । भिडियोमा उनले शल्यक्रिया भन्दा बढि ध्यान भिडियोतर्फ दिएको स्पष्ट भिडियोमा देख्न सकिन्छ ।


यस विषयमा डा. साहसंग सोध्दा आफुले कुनै बदनियतका साथ भिडियो नबनाएको दावी गर्दै । मैले दिन रात बिरामीको उपचारको लागि खटिरहेन बताए । मैले टिकटकमा अरु थुप्रै भिडियो बनाएको छु त्यो किन सार्वजनिक गरिएन मैले बच्चालाई गोदमा लिई आफै दूध खुवाएको र बिरामीको लागि विभिन्न किसमको सलाह तथा औषधिको बारेमा बताएको पनि भिडियो बनाएको छु त्यो किन सार्वजनिक गरिएन । म लाई बद्नाम गर्नेको लागि यस्तो गरिएको बताए । शल्यक्रिया सकिएर अन्तिम समयमा भिडियो बनाएको भएपनि उक्त भिडियो हटाइसकेको र त्यो भिडियोले समाजमा नकरात्मक असर परेको हो भने क्षमा माग्दै उनले स्पष्टिकरण दिए ।
डा. साहले शल्यक्रिया गर्दै गर्दा बनाएको टिकटक भिडियो हेर्नुहोस ।