वीरगंज । पर्सागढी नगरपालिका अन्तर्गत रहेका श्रीकृष्ण मन्दिरहरुमा बिहानै देखि पुजापाठ गर्ने भक्तजन हरुको भिड लागेकाे छ । नगरपालिका अन्तर्गत रहेको बडनिहार , रामटाेल , बर्वाटाडिमा रहेका श्रीकृष्ण मन्दिरहरुमा भक्तजन हरुको भिड लागेकाे हो ।नगरपालिका वडा न ३ पकडिया बडनिहारमा यश बर्ष आज बिहानै देखि मेला लागेकाे छ ।कोरोना महामारीको उच्च जोखिम अझै पनि रहेको भन्दै भदौ ७ गते वडा न ३ का वडा अध्यक्ष उद्घब बहादुर उप्रेतीको अध्यक्षतामा ब्यपारी तथा स्थानिय समाजसेबिहरुको बसेकाे आम बैठक बाट यश बर्ष पनि श्रीकृष्ण जन्माष्टमी दिन मेला नलगाउने निर्णय गरेता पनि आज बिहानै देखि स्वस्फूर्त बिना आयोजककाे मेला लागेकाे छ । पकडिया बडनिहारमा बिगत ४० बर्ष देखि श्रीकृष्ण जन्माष्टमीका दिन मेला लाग्दै आएता पनि गत बर्ष कोरोना महामारिको कारण मेला लागेकाे थिएन ।