वीरगंज। वीरगन्जमा एलपिजी ग्यास बोकेको बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नं २४ ड्राइपोर्ट बहुअरी चौकमा एलपिजी ग्यास बोकेको बुलेट ट्यांकरले ठक्कर दिँदा बहुदरमाई नगरपालिका वडा नं २ बस्ने करिब ३० वर्षीय लालबाबु साह तेलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
साइकलमा चढेर वीरगञ्ज आउँदै गरेका साहलाई बुलेटले किचेर फेरी ब्याक गरेर पुनः कुल्चेको प्रत्यक्षदर्शीले बताएका छन् ।
ठक्कर दिने बुलेटका चालक भारतको मुज्जफरफुर निवासी २६ वर्षीय ललन कुमार रायलाई बुलेटसहित नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।