वीरगञ्ज । प्रदेश प्रहरी कार्यालय र बारा प्रहरीको संयुक्त टोलीले पेस्तोल हतियार सहीत २ जनालाई पक्राउ गरेको छ । मेड इन युएस लेखेको एक थान पेस्तोल र सोमा लाग्ने म्यागजिनसहित मंगलबार दिउँसो दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।पेस्तोलसहित प्रहरीले बारा सिम्रौनगढ नगरपालिका वडा नं ४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादव र सोही स्थानका २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नं ६ स्थित विधायक होटेलबाट दुबैजनालाई पेस्तोलसहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।