पर्सा । नेकपा ( एकीकृत समाजबादी ) निकट युवा संघ बिरगंज महानगर कमिटीले लोकतन्त्र दिवसको अवसरमा दिप प्रजवलन गरेको छ ।
१९ औ लोकतन्त्र दिवसको अवसरमा युवा संघ बिरगंज महानगर कमिटीले बिरगंजको घन्टाघरमा मैनबती बाली दिप प्रजवलन गरेको हो ।
संघको अध्यक्ष तरकेश्वर चौबेको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीको पर्सा सह - इन्चार्ज मनोज चौधरी , जिल्ला अध्यक्ष बालगोपाल थापा , युवा नेता बृजलाल पासवान , जिकस भोला महतो थारु , युवा नेता जयशन्कर यादव लागाएतले लोकतन्त्र दिवासको शुभकामना दिनुको साथै लोकतन्त्र माथी आउने खतराहरुलाइ प्रस्त गर्न लागी रहने बताए ।