वीरगन्ज । पर्सामा प्रहरीले ७ लाख रुपैयाँ बढी मूल्यका पटाका बरामद गरेर नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेका ७ लाख रुपैयाँ बढी मूल्यका पटाका नष्ट गरिएको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा तथा मातहत कार्याल्यबाट खटिएका प्रहरी टोेलीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिएका पटाकाहरु बुधबार खाल्डोमा हालेर पानी खन्याएर नष्ट गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
सञ्चारकर्मीहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालयकै परिसरमा ती पटाकाहरु खाल्डोमा हालेर त्यसमाथि पानी खन्याएर नष्ट गरिएको मल्लले बताए ।