वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले स्थानीय जनतासँगको प्रत्यक्ष भेटघाट तथा संवादलाई निरन्तरता दिएका छन्।
यसैक्रममा पटेलले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार टोलामा पुगेर स्थानीयवासीसँग भेटघाट तथा छलफल गरेका छन्।
भेटघाटका क्रममा उनले स्थानीय बासिन्दाका समस्या, गुनासा, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष रूपमा जानकारी लिएका थिए। साथै टोलको विकास, सडक पूर्वाधार, सरसफाइ, खानेपानी तथा दैनिक जनजीवनसँग जोडिएका विभिन्न विषयमा छलफल भएको थियो।
जनताको वास्तविक समस्या बुझ्न कार्यालयमा बसेर मात्र सम्भव नहुने बताउँदै पटेलले घरदैलोमै पुगेर नागरिकका कुरा सुन्ने र उनीहरूको आवाजलाई प्राथमिकतामा राख्ने उद्देश्यले टोल–टोलमा भेटघाट गरिरहेको बताए।
स्थानीयवासीले पनि आफ्ना समस्या तथा सुझाव प्रत्यक्ष रूपमा राख्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
पटेलले आगामी दिनमा पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीयवासीसँग भेटघाट, संवाद र छलफललाई निरन्तरता दिने बताएका छन्।