काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयअनुसार कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने तयारी गरिएको छ।
यसअघि पनि सरकारले आईजीपी कार्कीलाई पदबाट हटाउन लागेको भन्दै विभिन्न समाचार सार्वजनिक भएका थिए।
कार्कीले गत कात्तिक २७ गतेदेखि नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
सरकारको यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ।