वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वाड नं ६ गम्हरिया देखि र नगरको वाड नं ३ नगरदाहा सम्म पर्ने बिन्वासनी देखि डोकैला बहुअरी जाने मेन बाटोको दुबैको बिच भागमा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले दुई हजार मिटर नाला र पिच गर्ने ठेक्का अंकृत कन्ट्रक्शनका सञ्चालक सुरेश कुर्मीलाई ३ करोड ४८ लाखमा जिम्मा लगाईएको थियो ।अंकृत कन्ट्रक्शनले ठेका सकार गरेको तिन बर्ष बिति सक्दा पनि ४/५ सय मिटरको पिचको काम मात्र गरेको बाकी पिचको काम अहिले सम्म बहुदरमाई नगरपालिका र अंकृत कन्ट्रक्शनको लापरवाहीका कारण बाटो निर्माणको काम ठप्प रहेको स्थानीय हरुको गुनासो रहेको छ । बैसाख देखि पर्दै आएको पानीले गर्दा बाटोमा हिलै हिलो भई आवत -जावत गर्ने साईकल ,मोटरसाईकल ,ट्याक्टर, ई रिक्सा तथा पैदल यात्रीलाई धेरै शास्ती भएको स्थानीयहरुले बताएका छन । बरसातको महिनामा सधै बाटोमा आवत-जावत गर्ने सवारीका साधनलाई दुघर्टना निमत्याउनु पर्ने भएको छ ।