वीरगञ्ज। पर्सा जिल्लामा माओवादीका बीरगंज महानगर ईन्चार्ज रहबर अन्सारीले बीरगंजका होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु विद्यालाल साह वरिष्ठ उपाध्यक्ष, छविलाल उप्रेती उपाध्यक्ष, तबरेज आलम महासचिव, दल बहादुर किंगरिंग कोषाध्यक्ष, कन्हैया अग्रवाल सदस्य लगायतले राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को हाथबाट टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका छन् ।
सो पार्टी प्रवेश कार्यक्रममा विशेष उपस्थिति क.देवेन्द्र पौडेल अस्थायी समिति सदस्य, उर्मिला अर्याल पर्सा जिल्ला ईन्चार्ज, विजय महतो जिल्ला संयोजक , प्रदेश सदस्य रामदरश कुशवाहा, बालेश्वर थारु, अखिल क्रान्तिकारी के.स. प्रभाकर गुप्ता लगायतका नेताहरु रहेका थिए । पर्सा जिल्लामा नेकपा माओवादी केन्द्रलाई होटल व्यवसायी संघमा पार्टी प्रवेशले थप आत्मबल बढेको छ ।