रौतहट । टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक जना बालकको गोली हानी हत्या गरेको पाइएको छ ।
प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई हत्या गरेको पाइएको हो ।
६ वैशाखमा रौतहटको वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए ।
दिउँसो ४ बजे घरबाट बीआर०५डब्लू०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका-८ को चाँदी खोलामा जाने क्रममा गढीमाई मन्दिर नजिक पुगेपछि उनलाई २५ वर्षीय नागेन्द्र सहनी र साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले बालक यादवलाई कब्जामा लिएर चाँदी खोलातर्फ लगेका थिए ।
रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार दुवै परिवारबीच पुरानो रिसिइबी रहेको पाइएको छ । सोही रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको देखिन्छ ।
केही समय पहिले कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको रहेछ । तर कृष्णको बुबाले मारेको आरोप सहनी परिवारले लगाउँदै आएका रहेछन्,’ प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘तीन वर्षअघि कृष्णको बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि समेत अपहरण मुद्दा दायर भएको रहेछ । यो मुद्दा अहिले पनि चलिरहेको र हाल उनी फरार रहेका छन् ।’
सोही पुरानो रिसिइबीका कारण टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा