पोखरिया । मालपोत कार्यालय पोखरीयामा सिसी टिभी क्यामराको निगरानीमा सेवा प्रवाह कार्य शुरू भएको छ ।
मालपोत कार्यालय पोखरियाका प्रमुख रामजी साहले जनताको काम सर्वसुलभ रूपमा सेवा प्रवाह गर्न सबै शाखामा क्यामरा जडान गरी आफ्नो प्रत्यक्ष निगरानीमा सेवा सुचारु गरिएको बताउनुभयो ।
मालपोत कार्यालयबाट सेवाग्राहीको काम सहज रूपमा गर्न र कर्मचारीबाट कुनै पनि किसिमको लापरवाही हुन नदिन सबै शाखामा क्यामराको निगरानीमा सेवा सुचारु गरिएको दाबी गर्नुभयो ।
कार्यालय प्रमुख साहले सिसी क्यामरा जडान भएपछि सेवाग्रहिको काममा कुनै गुनासो आउन नदिने दाबी गर्नुभयो ।
मालपोत कार्यालय पोखरीयाबाट जग्गा सम्बन्धी कुनै मुद्दा भए आफूले फास्टट्रयाकबाट छिनोफानो गरिएको मुद्दा शाखा प्रमुख रामरेखा चौरसियाले दाबी गर्नुभयो । मालपोत स्थापना भएको दुई महिनामा १ सय ९० वटा फाइलको मुद्दा छिनोफानो गरिएको चौरसियाले बताउनुभयो ।
कार्यालय प्रमुख साहले भने सबै शाखा लगायत १० वटा सिसी क्यामरा जडान गरिएको बताउँदै जनताको कुनै गुनासो भए आफू कहाँ आएर बताउन र आफूले कानुन सम्मत छिटो समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।